‘इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी हुँदै

टेक्नोलोजी

सेवासञ्चार
काठमाडौं, १२ भाद्र

काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एन्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुने भएको छ । मिडिया स्पेस सोल्युसन्स्, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनी भदौ १३, १४ र १५ गते काठमाडौंको भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सहयोगी संस्थाको भुमिकामा नेपाल विद्युत् प्राधिकरण तथा नेपाल सौर्य विद्युत् उत्पादक संघ रहेका छन् ।

क्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका सयभन्दा बढी स्टल रहनेछन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवम् नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङका सामग्री, तार, केबुल एवम् कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेसन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।

विभिन्न विद्युतीय माध्यमहरुको प्रयोगमा वृद्धि गरी मुलुकमा बढ्दो जलविद्युत्‌को खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रुपमा सबलीकरण गर्ने उद्देश्य आयोजको रहेको छ । साथै ऊर्जा तथा विद्युतीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुन लागेको आयोजकको भनाइ छ ।

विद्युतीय उपकरणको प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवम् प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

दशैंको अवसर पारेर हुन लागेको यो प्रदर्शनीबाट विभिन्न कम्पनीका विद्युतीय सामग्री एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा उपभोक्ताले लाभ उठाउन सक्नेछन् ।

Please follow and like us:
error20
fb-share-icon
Tweet 20
fb-share-icon20

Leave a Reply

Your email address will not be published. Required fields are marked *