डाेल्पा काईके बार्लेगाउँमा ऐतिहाँसिक बाेन तिर्थकाे १०० अाैं मेला सम्पन्न ।

Uncategorized

डाेल्पा जिल्लाकाे काईके गा पा ५ बैजिबारा बार्लेगाउँ स्थित प्राचिन बाेन धर्मकाे ऐतिहाँसिक तिर्थ स्थल नेछेन रिवाे वाल्भार (धालढुङ्गाे)तिर्थ मेलाकाे १००आैं बार्षिकाेत्सब भब्यताकाे साथ सम्पन्न भएकाे छ ।
महान तथा पबित्र रिबाे वालभार तिर्थथस्ल बाेन धर्मकाे संथापक आठाैं बुद्ध ताेन्पा शेनराप मिओ कैलाश पर्वतकाे आसपास ज्याङजुङ् भाेट क्षेत्रका जनतालाई बृहत् शिक्षा र बाेनकाे नाैं मार्ग प्राप्त गर्न उहाँले भ्रमणकाे क्रममा बाेन धर्म लाेप नहुने छापकाे रुपमा आफ्नाे पदचिन्ह छाेड्नुभएकाे थियाे । पछि एक महासिद्ध लामा लामाम्हेलाले तिब्बतकाे खाम क्षेत्रबाट धर्मकाे स्थापना नभएका दक्षिणी आदिवासी क्षेत्रहरुमा सबै प्राणीहरुकाे हितकाे लागि भ्रमण गरे उनी याे रिवाे वाल्भार खानी र बैजिवारा गाउँकाे बिचमा रहेकाे पबित्र तिर्थस्थल रिवाे वालभारकाे पुक्मुचेकाे ध्यान गुफामा वर्षाैं सम्म बस्दै आएका थिए । सय वर्ष अघि फाेक्सुन्डाे पुक्माेका महान् पूर्व याेगी रिन्पाेछे करुडवाङ्का अवतार माननीय नामग्याल शेराप ग्याल्छेन ज्युले भाेट क्यालेन्डरकाे आगाे बाघ वर्षमा याे तिर्थस्थल रिवाे वालभारकाे विशेष अबसरमा उद्घाटन गर्नुभएकाे थियाे । यस तिर्थस्थलकाे विभिन्न ठाउँमा ढुङ्गामा प्रसिद्ध लामाहरुकाे पदचिन्ह छापहरुकाे अबलाेकन गर्न सकिन्छ याे वर्ष एकसयाैं तिर्थमेलाकाे अबसरमा स्थानियले विशेष पुजा र धार्मिक कार्यकम गर्दै २२ गते भदाै पुर्णिमाकाे दिन त्यस क्षेत्रका श्रदालुभक्तजनहरुले पवित्र तिर्थस्थलकाे परिक्रमा गरि बेलुका सेतेन युङ्डुङ सुक्छाल गुम्बामा बाेन धर्मकाे पुजनिय खेन्पाे रिन्पाेछे श्री मुरि निक्मा कुन्क्याप राेकाया ज्युकाे बाहुलिबाट (वाङ्) दिर्घआयुकाे प्रबचन र आशीर्वाद ग्रहन गरेकाछन् भदाै २३ गते एक भब्य सांस्कृतिक कार्यक्रम आयाेजना गरि धार्मिकमेला समापन गरेकाछन् ।
धार्मिकमेला समापन तथा साँस्कृतिक कार्यक्रमकाे प्रमुख अथिति नेपाल बाेन बुद्धिष्ट महासंघकाे महासचिब ईन्द्र राेकाया शेरापले नेपालकाे प्राचीन बाेन बुद्धिष्ट धर्म, प्रकृति र मानव जिवनकाे हितमा बहुउपयाेगी र ऐतिहाँसिक बिरासत भएकाे बताउँदै यसकाे संरक्षण र बिकास गर्नु पर्ने चर्चा गर्नुभएकाे थियाे ।

Please follow and like us:
error20
fb-share-icon
Tweet 20
fb-share-icon20

Leave a Reply

Your email address will not be published. Required fields are marked *