सेवासञ्चार
काठमाडौं, २४ भाद्र
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् । जेनजीको आन्दोलन चर्कंदै गएको छ । प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद् परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी गरेका छन् । उनले साँझ सर्वदलीय बैठक राखे पनि दिउँसो राजीनामा दिएका छन् ।