जेनजी आन्दोलनको सार्थकता : अबको राजनीतिक दिशा कता ?

विचार
  • श्रीराम उपमन्यु

जेनजी आन्दोलनको सार्थकतासँगै निर्वाचित संसद्का निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि अब नेपालको राजनीतिक दिशा कता जान्छ भन्ने जिज्ञासा बढ्नु स्वाभाविकै हो । प्रधानमन्त्री ओलीको हठ र अहंपनाको कारण नै जनता जागेका हुन्, यसमा कसैको दुईमत छैन । भ्रष्टाचारीलाई भित्रभित्रै पोस्ने र विपक्षी तथा मन नपरेकाको उछित्तो काढ्ने ओलीको तुच्छ स्वभाव नै उनको सत्ता पतनको मुख्य कारण मानिन्छ । अरुलाई गन्दै नगन्ने, म नै सर्वेसर्वा हुँ भन्ने घमण्ड अनि मैले जे गरे पनि हुन्छ भन्ने कुतर्कका कारण नै आज राज्यले कयौं होनहार युवाको ज्यान गुमायो भने अर्बौं (अनुमानित आँकडा माात्र)को भौतिक क्षति बेहोर्‍यो । एक व्यक्तिको हठले राज्यले कति क्षति बेहोर्नुपर्ने रहेछ भन्ने दृष्टान्त अहिलेका जेनजी पुस्ताले मात्र होइन, त्योभन्दा अघिल्लो पुस्ता (प्रौढपुस्ता)ले पनि आफ्नै आँखा अगाडि देखे, बेहोरे पनि ।

अबको राजनीतिक यात्रा कतातिर भन्ने प्रश्न खडा भइसकेको छ, किनकि अहिले न त सरकार छ, न त संसद्लाई नै स्वीकार्न सकिने अवस्था छ । केही सञ्चारमाध्यममा आएका विषयलाई हेर्ने हो भने संसद् विघटन गर्ने, सर्वदलीय सरकार गठन गर्ने र सरकारको नेतृत्व नयाँ पुस्ताको हातमा जानुपर्छ भन्ने छ, यसलाई जेनजी पुस्ताले सहर्ष स्वीकार गर्ला पनि । बुढा पुराना पुस्ताको रवैयालाई खुच्चिङ भन्न पनि यो जरुरी छ । तर, नयाँ पुस्ता सधैं युवा रहँदैन र उसमा पनि ओली, देउवा वा प्रचण्डजस्ता निरन्तर सत्तालोलुपका प्रवृत्ति सरेर नआउलान् भन्न सकिन्न । म नै सर्वेसर्वा हुँ र म नभए मेरो पार्टी मात्र होइन, देश नै डुब्छ भन्ने सोच अनि म त पाँच, सात वा निरन्तर राज्यसत्तामा रहन्छु भन्ने प्रवृत्तिको बीजारोपण पुराना पुस्ताले गरेका छन्, जसको परिणामस्वरुप आजको यो स्थिति देखापरेको हो । यसमा भने नयाँ पुस्ताले बेलैमा सोच्नु जरुरी छ ।

संसद् विघटन गर्ने, सर्वदलीय सरकार गठन गर्ने र सरकारको नेतृत्व नयाँ पुस्ताको हातमा जानुपर्छ भन्ने छ, यसलाई जेनजी पुस्ताले सहर्ष स्वीकार गर्ला पनि । बुढा पुराना पुस्ताको रवैयालाई खुच्चिङ भन्न पनि यो जरुरी छ । तर, नयाँ पुस्ता सधैं युवा रहँदैन र उसमा पनि ओली, देउवा वा प्रचण्डजस्ता निरन्तर सत्तालोलुपका प्रवृत्ति सरेर नआउलान् भन्न सकिन्न ।

सत्ता सञ्चालन बच्चाको खेल होइन, राज्यभित्र मात्र होइन, बाहिरलाई पनि सन्तुलनमा राख्न सक्नुपर्छ । राज्यमा रहेका तमाम बेथितिलाई निराकरण गरेर निष्पक्ष न्यायपालिका, कानुनी शासन र प्रशासनिक चुस्तता आजको आवश्यकता हो, संविधानले दिएका हक अधिकारको सुनिश्चितता गर्नु हो । तर, यसमा नयाँ पुस्ता पनि चुक्यो भने ? अहँ चुक्नु हुँदैन । जेनजी पुस्ताका मात्र होइन, अहिलेका प्रौढ वा वृद्ध पुस्ता (सबै नहोलान्‌)को आशा र भरोसाका नयाँ पुस्ताले सत्तारोहणको हतारो गर्नुभन्दा पनि सत्ता बाहिर रहेर मुलुकमा अमनचयन कायम राख्न सहयोग गर्नुपर्छ । सत्तारोहणको हतारले वर्तमानमा युवा पुस्तामै गनिएका गगन थापा, रवि लामिछानेजस्ताको नियति भोग्नुनपर्ला भन्न सकिन्न ।

अतः अहिले सञ्चारमाध्यममा आए जस्तै युवाले नेतृत्व लिने भन्दा पनि परिपक्व, निष्पक्ष, कुनै पनि दाग नलागेका व्यक्तिलाई नेतृत्व गर्न दिने र सहयोग गरी प्रजातान्त्रिक परिपाटीभित्रै रहेर निष्पक्ष निर्वाचन गर्नु अहिलेको अपरिहार्य कदम हुनेछ । राज्यले भोगेको क्षतिको न्यूनताका लागि नयाँ पुस्ताले राज्यको दोहन (सेवासुविधा)मा लोभ नगरी युवा भनेका मुलुकको मल जल गर्ने माली हुन्, विकास, रोजगारी, न्यायिक सुधारका लागि दिनरात परिश्रम गर्न सक्छन् र आफ्ना कामकारबाहीलाई पारदर्शी ढङ्गले प्रस्तुत गर्न सक्छन् भन्ने उदाहरण दिन सक्नुपर्छ । अहिलेको माग नै यही हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *